काठमाडौं–बीवाइडीले यही जनवरी १७ मा सबैभन्दा ठूलो एसयूभी ‘टाङ एल’ मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसअघि पनि टाङ मोडल बिक्री गर्दै आएको थियो ।
यसअघि प्लगइन हाइब्रिड टेक्नोलोजीमा आधारित टाङ मोडल उपलब्ध थियो । नयाँ टाङ ईभी र हाइब्रिड दुबै अप्सनमा उपलब्ध हुनेछ ।
टाङ एलमा २३० किलोवाटको सिंगल मोटर र ५०० किलोवाटको ड्यूल मोटर सेटअप पाउन सकिन्छ । प्लगइन हाइब्रिड मोडलमा भने १.५ लिटर टर्बो इन्जिनसँग ४०० किलोवाटसम्मको मोटर रहनेछ । नयाँ टाङ एलमा पानारोमिक सनरुफ रहेको छ।
प्रतिक्रिया