काठमाडौं– मलेसियन ब्रान्ड प्रोटोनको नेपालमा आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रोटोनको ई मास सेभेन सिरीज गाडी चाँडै नेपालमा भित्र्याउने तयारी गरेको छ ।
काठमाडौंमा प्रोटोनको ईमास सेभेन सिरीज सार्वजनिक गर्न तयारी गरिरहेको जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाली ग्राहकहरूले यो गाडीको उन्नत प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शन मन पराउनुहुने विश्वास व्यक्त गरे । ‘हामी प्रोटोनको नवीन ईमास सेभेन सवारीसाधनहरू नेपालमा प्रस्तुत गर्न उत्साहित छौं’, उनले भने ।
यो गाडीले नयाँ प्रविधिहरू समेटेको छ । प्रोटोनको ईमास सेभेन सवारीसाधनहरू टुबेल(इन(वान इलेक्ट्रिक ड्राइभ प्रणाली र उन्नत एजीईआईएस सर्ट ब्लेड ब्याट्रीले सुसज्जित छन्, जसले नेपाली अटोमोबाइल बजारमा उत्कृष्ट प्रदर्शन र ऊर्जा दक्षता प्रदान गर्नेछ । गाडीमा राखिएको एजीईआईएस सर्ट ब्लेड ब्याट्री बीस मिनेटमै चार्ज हुने कम्पनीले जनाएको छ ।
यो गाडी विशेषगरी पर्यावरणलाई प्राथमिकता दिने र दिगो भविष्यका लागि काम गर्ने उपभोक्ताहरूका लागि आदर्श साबित हुने विश्वास कम्पनीको छ ।
प्रतिक्रिया