काठमाडौं– नेपाली बजारमा समेत उपलब्ध रहेको जिकर एक्स ईभीले २०२४ युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । यस अन्तर्गत मापन गरिएको स्ट्यान्डर्ड अनुसार जिकर एक्स बेस्ट इन क्लास ईभी बनेको छ ।
एडल्ट अकुपेन्ट प्रोटेक्सन अन्तर्गत फ्रन्टल र लेटरल इम्प्याक्ट रिजल्टमा जिकर एक्सले ९१ प्रतिशत स्कोर पाएको छ । त्यसैगरी चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा ९० प्रतिशत स्कोर पाएको छ । भल्नरेवल रोड युजर्स प्रोटेक्सनमा यसले ८४ प्रतिशत स्कोर पायो । सेफ्टी असिस्ट क्याटागोरीमा यसले ८३ प्रतिशत स्कोर पाएको छ ।
नेपाली बजारमा समेत जिकर एक्स बिक्रीका लागि उपलब्ध छ । नेपालमा यसको आधिकारिक वितरकको रुपमा पायोनियर मोटोकर्प हो । कम्पनीले स्ट्यान्डर्ड र फ्ल्यागसिप गरी दुई भेरिएन्टमा जिकर एक्स नेपाली बजारमा बिक्री गरिरहेको छ । कम्पनीले स्ट्यान्डर्डको मूल्य ८४ लाख ९९ हजार र फ्ल्यागसिपको १ करोड ५४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको छ ।
प्रतिक्रिया