काठमाडौं –टेस्लाको आधिकारिक बिक्रेताको रुपमा टेस्ला नेपालले मान्यता पाएपछि अब औपचारिक तवरमा टेस्लाका ईभीहरु नेपाल भित्रिने भएको छ ।
टेस्ला नेपाल प्रालिका सीईओ सुरेन्द्र कोइरालाले अमेरिकाको टेक्सासमा अवस्थित टेस्लाको हेडक्वाटर ९एचक्यू० सँग एमओयू भइसकेकोले चाँडै नै टेस्लाका ईभीहरु औपचारिक रुपमा नेपाल भित्र्याउन लागेको बताएका छन् । टेस्ला नेपालमा हाइड्रोपावर डेभलपर उमेश कसजु अध्यक्ष छन् । जसमा पूर्व बैंकर, हाइड्रो तथा अटो क्षेत्रमा काम गरेका लगानीकर्ताहरूको समूह प्रवर्धकको रूपमा रहेको छ ।
कम्पनीले काठमाडौं उपत्यकामा तत्कालका लागि दुई ओटा शोरुम तथा कस्टमर एक्सपिरियन्स सेन्टर स्थापना गर्नेछ । जसअनुसार बालुवाटारको शोरुम तय भइसकेको छ भन झम्सिखेल क्षेत्रका लागि आवश्यक तयार अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
यस्तै एकान्तकुनामा झन्डै ३ रोपनी क्षेत्रफलमा सर्भिस सेन्टरको निर्माण कार्य सुरु भएको कम्पनीले जनाएको छ । त्यस नजिकै एकसाथ पाँच ओटा गाडी चार्ज गर्न मिल्ने गरी सुपर चार्जर नेटवर्क समेत बन्नेछ । टेस्लाका ती सुपर चार्जरमार्फत एक घण्टामै ८० प्रतिशतभन्दा बढी चार्ज गर्न सकिने बताइएको छ । चार्जिङ नेटवर्क क्रमशः उपत्यका बाहिर समेत विस्तार गर्ने योजना कम्पनीले अगाडि सारेको छ ।
अहिले काठमाडौं, पोखरा, चितवन, बुटवल९भैरहवा, विराटनगर र झापा गरी ६ क्लस्टर पहिचान भएका छन् । टेस्लासँग भएको १० वर्षे सम्झौता अन्तर्गत ती सबै क्लस्टरहरूमा शोरुम तथा कस्टमर एक्सिपिरियन्स सेन्टर, सर्भिस सेन्टर र चार्जिङ नेटवर्क रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा टेस्ला मोडेल ३, मोडेल वाई र मोडेल एक्स गरी तीन मोडेलका ५० युनिट ईभी नेपाल आउनेछन् । जुन अहिले नेपाली बजारमा रहेको भन्दा निकै सस्तो हुने अपेक्षा पनि कम्पनीले लिएको छ ।
प्रतिक्रिया