७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

नेटाले ८१८ करोड अमेरिकी डलर लगानी पायो, बिक्री दोब्बर बनाउने लक्ष्य




काठमाडौं–चिनियाँ कार निर्माता नेटा अटोले अन्तर्राष्ट्रिय बिक्री बढाउन ८१८ करोड अमेरिकी डलर लगानी प्राप्त गरेको छ । विगत केही महिनादेखि बिक्री घटेर नेटाको उत्पादन नै बन्द हुने हो कि भन्ने हल्ला चलिरहेको बेला ठूलो लगानी प्राप्त गरेको हो । अब सन् २०२५ मा नेटा मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुनेछ, बिक्रीलाई दोब्बर पार्ने योजना बनाउँदै छ।

नेटामा सरकारी र विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले लगानी गरेको चिनियाँ संचार माध्यमहरूले जनाएका छन् । राज्य(स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले यो लगानीमा सहभागिता जनाएका छन्।

नेटाले सन् २०२३ को जनवरीमा पहिलो कम्पनीको रूपमा सीएटीएलको बेडरक च्यासिस प्रयोग गर्ने सम्झौता गरेको थियो ।नेटाले पछिल्लो समयमा थुप्रै आन्तरिक परिवर्तनहरू गरेको छ । नेटाले अब सामान्य रूपमा गाडी उत्पादन गर्ने र बिक्रीपछि स्पेयर पार्टर्सको आपूर्ति गर्नु आफ्नो उद्देश्य रहेको जनाएको छ । नेटाले यसअघि दुईदेखि तीन वर्षभित्र आधा बिक्री घरेलु बजार र आधा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने योजना साझा गरेको थियो।

घरेलु बजारमा भइरहेको कडा मूल्य प्रतिस्पर्धाबाट बच्न कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई अवसरको रूपमा लिएको छ। हाल नेटाले दक्षिणपूर्व एशिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशहरूमा १८० भन्दा बढी बिक्री च्यानल विस्तार गरेको छ ।

  :