काठमाडौं– चिनियाँ गाडी उत्पादक कम्पनी चाङ्गन दिपलको ई०७ एक कार्यक्रमका बीचमा सार्वजनिक गरिएको छ । उक्त एसयुभीलाई एक क्लीकको भरमा पिकअप बनाउन समेत सकिन्छ । दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले सोमबार विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ डिपल ई ०७ सार्वजनिक गरेको हो।
चाङ्गनको फ्लागसिप डिपल ई ०७ एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चाङ्गन अटो एसिया प्यासिफिकका उपाध्यक्ष गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्तरूपमा सार्वजनिक गरेका थिए।
एमएडब्लु वृद्धिका अध्यक्ष अग्रवालले नेपालको इभी बजारमा दिपल एस–०७ र एल–०७ सफल भइसकेको दाबी गर्दै र डिपल ई ०७ विश्व अटोबजारमा झैं नेपालमा पनि स्थापित हुनेमा विश्वस्त रहेको बताए।
रियर ह्विल ड्राइभ भेरियन्टमा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९।९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यसले ५ सय ६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिने छ ।
त्यसैगरी अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्छ । २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो ईभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको छ ।
दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार रङमा उपलब्ध छ । १ करोड ३ लाख ९९ हजार रुपैयाँ तोकिएको रियर ह्विल ड्राइभ ई०७ को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै अलह्विल ड्राइभको मूल्य १ करोड ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया