काठमाडौं– नयाँ ऊर्जा गाडी (एनईभी) निर्माण गर्ने अग्रणी चिनिया कम्पनी बीवाईडीले ‘बीवाईडी शेनजेन’ सार्वजनिक गरेको छ । यो संसारकै ठूलो रोल–अन रोल–अफ कार क्यारियर हो । ‘बीवाईडी शेनजेनले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्छ ।
चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल फ्युल प्रविधि, बीवाईडीका अत्याधुनिक ब्याट्री प्याक र शाफ्ट जेनेरेटरद्वारा सञ्चालित छ । यी प्रविधिले ‘बीवाईडी लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको छ।
बीवाईडीले सन् २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्याउने बताइएको छ ।
२०२४ मा बीवाईडीले ४ लाख १७ हजार ००० भन्दा धेरै विद्युतीय गाडी विदेश पठायो जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो । विद्युतीय गाडीको माग बढ्दै जाँदा बीवाईडी नयाँ प्रविधि, दिगो समाधान, र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ ।
(एजेन्सी)
प्रतिक्रिया