३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

१ करोड ८ लाख गाडी बिक्री गरेर टोयोटा बन्यो विश्वकै नम्बर एक अटोमोबाइल निर्माता कम्पनी




काठमाडौं– सन् २०२४ मा १ करोड ८ लाख गाडी बिक्री गरेर जापानी अटोमोबाइल कम्पनी टोयोटा मोटर्स विश्वमै सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल निर्माता कम्पनी बनेको छ ।

टोयोटा मोटर्र्स लगातार पाँचौं वर्ष विश्वकै सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल निर्माता कम्पनी बन्न सफल भएको हो । तर विश्वव्यापी बिक्रीमा ३ दशमलव ७ प्रतिशतले गिरावट आएको छ । यसमा साना गाडी निर्माता डाइहात्सु र ट्रक निर्माता हिनो मोटर्सको बिक्री पनि समावेश छ ।

जापानमा कम्पनीले ठूलो गिरावटको सामना गर्नुप¥यो, विशेष गरी डाइहात्सुमा प्रमाणिकरण परीक्षण प्रक्रियासँग सम्बन्धित गभर्नेन्स समस्याका कारण बिक्रीमा असर परेको हो ।

जर्मन अटोमोबाइल कम्पनी फक्सवागन समूहले यस वर्ष दोस्रो स्थान हासिल ग¥यो । २०२४ मा यसले ९० लाख गाडी बिक्री ग¥यो ।

टोयोटाको हाइब्रिड गाडीहरू कुल बिक्रीको ४०.८ प्रतिशतले बिक्री भएको छ, जुन हालसम्मकै उच्च हो । जापानको बजारमा दोहोरो अंकको गिरावट देखिएको भए पनि अमेरिकी बजारमा हाइब्रिड गाडीहरुको उच्च मागका कारण टोयोटाले समग्र बिक्रीमा नयाँ कीर्तिमान राख्न सफल भएको छ ।

तर, चीनमा टोयोटाले ६.९ प्रतिशतको गिरावटको सामना गर्नुपरेको छ । चीनमा भने मूल्य प्रतिस्पर्धाका कारण टोयोटाको बिक्री घटेको हो ।

  :