काठमाडौं– नेपालको अटोमोवाइल क्षेत्रलाई सुदृढ बनाउन तीन प्रमुख क्षेत्रहरूमा पारस्परिक सहकार्य गर्न व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच सहमति भएको छ ।
सहमतिमा दुबै संस्था अटोमोवाइल उद्योगको वृद्धि र नविनतम अध्ययन अनुसन्धानमा सहयोग पुर्याउनुका साथै उद्योगको आवश्यकताहरू र कर्मचारीहरूको क्षमता बीचको खाडल पुरा गर्नको लागि तालिम र पाठ्यक्रम निर्माणमा सहकार्य गर्ने उल्लेख छ। साथै, आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम र रोजगारीका अवसरहरू सृजना गरी अटोमोवाइल क्षेत्रलाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने कुरा पनि सहमतिमा छ ।
यसैगरी, दुवै संस्थाहरुले नेपालको अटोमोबाइल उद्योगहरुको वृद्धिका लागि नविनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने र पारस्परिक सहकार्य मार्फत उद्योगको आवश्यकताहरु र कर्मचारीहरुको क्षमताबीचको खाडल पूरा गर्ने पनि सहमतिमा उल्लेख छ ।
प्रतिक्रिया