काठमाडौं– लक्जरी स्पोट्र्स कार निर्माता फरारीले आगामी अक्टोबरमा आफ्नो पहिलो विद्युतीय कार (ईभी) सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले यसबारेमा घोषणा गर्दै यस वर्ष राजस्व र मुख्य आम्दानी कम्तीमा ५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको समेत जनाएको छ । फरारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेनेडेटो भिग्नाले प्रतीक्षित ईभी अक्टोबर ९ मा इटालीको मारेनेल्लोस्थित मुख्यालयमा आयोजना हुने क्यापिटल मार्केट्स डे कार्यक्रममा प्रदर्शन गरिने जानकारी दिए । फरारीले यस वर्ष छ वटा नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएको छ ।
फरारीले सन् २०१९ देखि हाइब्रिड मोडलहरू आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । २०२३ मा कम्पनीका ५१ प्रतिशत कार बिक्री हाइब्रिड मोडलका थिए । (एजेन्सीहरु)
प्रतिक्रिया