काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले प्रिमियम एसयूभी नयाँ टाटा सफारीे नेपाली बजारमा सार्वजनिक गरेको छ ।
७ सिट क्षमताको नयाँ टाटा सफारीमा आरामदायी, उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक प्रविधिको बेजोड सम्मिश्रण रहेको छ । ३६०ं को सराउन्ड भ्यु सिस्टम, वायरलेस चार्जर, अटो होल्ड फिचर सहितको इलेक्ट्रोनिक पार्क ब्रेक, जेस्चर कन्ट्रोल्ड पावर्ड टेलगेट, ७ वटा एयरब्याग रहेको नयाँ टाटा सफारीको शुरुवाती मूल्य १ करोड २१ लाख ९९ हजार रहेको छ ।
कम्पनीका अनुसार नयाँ टाटा सफारीमा डुअल–जोन पूर्ण स्वचालित एयर कन्डिसनिङ, मेमोरी र वेलकम सुविधा सहित ६ वटा तरिकाले समायोजन गर्न मिल्ने ड्राइभर सिट र अगाडि भेन्टिलेटेड सिट जस्ता विशेषताहरु उपलब्ध रहेका छन् ।
सिप्रदीको नेपालभर रहेका टाटा मोटस्का शोरुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ । ।
प्रतिक्रिया