काठमाडौं– चिनियाँ ईभी नियो ब्राण्ड नेपाल भित्र्याउन आधा दर्जन व्यावसायिक समूहको प्रतिस्पर्धा चले पनि अन्ततः नियोको आधिकारिक बिक्रेता बन्न पारामाउन्ट मोटर्स सफल भएको छ । नियोले अत्याधुनिक प्रविधि र डिजाइन भएका ईभी उत्पादन गर्दै आईरहेको छ।
नियोले विशेषगरी स्मार्ट र प्रिमियम ईभीमा ध्यान केन्द्रित गरेको छ। यसको हेडक्वार्टर, रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर, मास प्रोडक्सन प्लान्ट सांघाईमा छ। नियो पहिलो ब्याट्री स्वापिङ प्रविधि प्रयोग गरेर गाडी बनाउने कम्पनी हो । यस कम्पनीले चीनमा हजारौंको संख्यामा ब्याट्री स्वापिङ सेन्टरहरु सञ्चालनमा ल्याएको छ ।
चीन बाहिर बिक्री गर्ने लक्ष्यसहित कम्पनीले फायरफ्लाई ब्राण्डको उत्पादन शुरुवात गरेको छ । नियोले हालसम्म विभिन्न मोडलका ईभी बजारमा ल्याएको छ जसमध्ये नियो ईएस ८, नियो ईएस ६, नियो ईटी ५, नियो ईएल ७ जस्ता मोडल प्रमुख हुन्।
प्रतिक्रिया