बैशाख १४, २०८२ आईतबार | Mon Apr 28 2025

मनकामना हार्डवेयरको नयाँ शाखा काठमाण्डौंको सतुंगलमा




काठमाडौं– मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रालिले काठमाण्डौंको सतुंगलमा आफ्नो नयाँ शाखा भव्य समारोहका साथ उद्घाटन गरेको छ।

शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवालले रिबन काटेर शुभारम्भ गर्नुभएको उक्त कार्यक्रममा नेपालका प्रतिष्ठित निर्माण सामग्री उत्पादक कम्पनीहरूका उच्च पदस्थ प्रतिनिधिहरू र निर्माण व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संचालक रामप्रसाद झाङ र सज्जन अग्रवाल ज्युले प्रमुख अतिथि अग्रवाल ज्युलाई नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानको सम्मानस्वरूप सम्मानपत्र प्रदान गर्नुभयो।

उक्त भव्य समारोहमा अम्बे स्टील्स प्रालि, अम्बे सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बृज सिमेन्ट, अशोक स्टील्स इन्डस्ट्रिज, नारायणी स्टील्स, राजेश हार्डवेयर, गोयल स्टील्स, ह्वासिन सिमेन्ट, होङ्सी सिमेन्ट, हुलास स्टील्स, हुलास वायर इन्डस्ट्रिज, जगदम्बा प्लास्टिक, जगदम्बा इन्टरप्राइजेज, स्वस्तिक रोलिङ मिल्स प्रालि, हुलास आइरन, मारुती सिमेन्ट, सिद्धिलक्ष्मी स्टिल्स प्रालि, राजेश मेटल क्राफ्ट, पाल्पा सिमेन्ट, लक्ष्मी स्टिल, सर्वोत्तम सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, प्रिमियम स्टील, गोयंका स्टील, युनाइटेड सिमेन्ट लगायतका निर्माण सामग्री उत्पादन गर्ने प्रतिष्ठित कम्पनीका प्रमुख तथा प्रतिनिधिहरू उपस्थित रहनुभएको थियो।

मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रालि ले आफ्नो मुख्य कार्यालय बनेपाबाट , भकुण्डे, सिन्धुली, बर्दिबास, नारायणगढ, र थली हुँदै अब सतुंगलमा व्यवसाय विस्तार गर्दै निर्माण क्षेत्रका ग्राहकलाई अझ सुलभ सेवा दिने योजना अगाडि सारेको छ।

संचालक झाङले काठमाण्डौं, भक्तपुर, धादिङ, नुवाकोट क्षेत्रका हार्डवेयर तथा निर्माण व्यवसायीहरूलाई सहज र छिटो सेवा प्रदान गर्नका लागि नयाँ शाखा सञ्चालन गरिएको जानकारी दिनुभयो। संचालक अग्रवालले बागमती, मधेस, र गण्डकी प्रदेशमा प्रत्यक्ष सेवा प्रदान गरिरहेका मनकामना हार्डवेयरले अब देशका पूर्व र पश्चिमका प्रमुख शहरहरूमा समेत शाखा विस्तार गर्ने रणनीति बनाएको बताउनुभयो।

सतुंगल शाखा प्रमुख रोशन पाठकले उपस्थित सम्पूर्ण निर्माण व्यवसायीहरूलाई नयाँ शाखाबाट गुणस्तरीय सेवा लिएर सहकार्य गर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभयो। मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रालि ले नेपालको निर्माण क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो सेवा विस्तार गर्दै राष्ट्रिय निर्माण समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

  :