काठमाडौं– शंकर ग्रुप अन्तर्गत जगदम्बा मोटर्सले मलेसियन ब्रान्ड प्रोटोनको ईमास–७ सार्वजनिक गर्दै बिक्री शुरु गरेको छ ।
नेपालमा आइस इन्जिनका प्रोटोन गाडी बिक्री गरिरहेको जगदम्बा मोटर्सले १६० किलोवाट मोटर पावर भएको गाडी ल्याएको छ।
६ वटा कलरमा उपलब्ध ईमास– ७ ईभीको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ। जगदम्बा मोटर्सले गाडी खरिद गर्नेलाई ४.९९ प्रतिशत ब्याजमै फाइनान्सिङ सुविधा दिएको छ । सुरुमा ४० प्रतिशत रकम तिरेर गाडी किस्तामा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । ४९.५२ र ६०.२२ किलोवाट आवरको २ वटा ब्याट्री अप्सनमा छन्।
बेस मोडलमा ३४५ किमि रेन्जसहित १८ इन्च अलोय ह्विल, १५।४ इन्च टचस्क्रिन, रिमोट कन्ट्रोलसँगै लेभल २ एडास फिचर्स छन्। टप भेरियन्टमा ४१० किमि रेञ्ज, १९ इन्च अलोय ह्विल, फ्रन्ट भेन्टिलेटेड सिट छन्।
जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले भने– ‘हामी नेपालमा प्रोटोन ईमास ७ सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।
प्रतिक्रिया