बैशाख २, २०८२ मंगलबार | Tue Apr 15 2025

रिडारा पिकअप सार्वजनिक, मूल्य ७९ लाख ९९ हजार




काठमाडौं–रिडाराको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो शतप्रतिशत इलेक्ट्रिक पिकअप एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको छ ।

अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडारा फोर ह्‍विलले ईभी पिकअप सेगमेन्टमा नयाँ स्तर स्थापित गरेको छ ।

४२४ किलोमिटरको रेन्ज दाबी गरिएको गाडीमा ७२ किलोवाट आवर क्षमताको ब्याट्री छ । गाडी सार्वजनिक कार्यक्रममा १० युनिट बुकिङ भएको पनि कम्पनीले जनाएको छ ।

नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै गाडीमा सात फरक फरक ड्राइभिङ मोडहरू समावेश छन् ।

रिडारा पिक अपको प्रारम्भिक मूल्य ७९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

  :