फाल्गुन ३०, २०८२ शनिबार | Sat Mar 14 2026

पोखरामा चैत १४ देखि १७ सम्म वाडा अटो शो



काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा चैत १४ देखि १७ सम्म पोखरामा पहिलोपटक वाडा अटो शो हुने भएको हो।


पोखरास्थित अमरसिंह चौरमा संचालन हुने अटो शोमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी ३० भन्दा धेरै ब्रान्ड सहभागी हुने आयोजकले जानकारी दिएको छ । ४ दिनमा ३० हजारभन्दा धेरैले अटो शो अवलोकन गर्ने वाडाको विश्वास छ। वाडा अटो शोमा प्यासेन्जर सवारीमा लिपमोटर, डिपल, ओमोडा, बीवाइडी, नामी, एमजी, टाटा, किया, टोयोटा, स्काइवेल, जिकर, निसान, इसुजु, सुजुकी, महिन्द्रा, रिडारा, एक्सपेङ, कायी र सेरेस सहभागी हुँदैछन्।

यस्तै लाइट कमर्सियलमा कामा, यु गो नाउ, स्काइवर्थ, हाइगर र डङफेङ ब्रान्ड सहभागी हुँदैछन्। दुई पाङ्ग्रेतर्फ बजाज, एथर, टीभीएस, यामाहा, ट्राइम्फ र रोयल इन्फिल्डले स्टल राखिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार अटो शोमा सवारीसाधन र स्पेयर पार्ट्सका साथै बैंक तथा वित्तीय संस्थाका गरी ६३ वटा स्टल रहनेछन्।

  :