७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

नाडा अटो शोका लागि अग्रिम टिकट खुला




काठमाडौं– नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले यही भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शोको अग्रिम टिकट खुलाएको छ । मुख्य प्रायोजकमा एमएडब्लु वृद्धि मोटर्स रहेको नाडा अटो शो २०२५ को लागि अग्रिम टिकट खुलाइएको नाडाले जनाएको हो। यसका लागि खल्ती बाई आईएमईबाट टिकट खरिद गर्न सकिनेछ।

अहिले अग्रिम टिकट काट्दा २० प्रतिशत छुट पाइने नाडाले जनाएको छ। नाडाले टिकट मूल्य सामान्यतर्फ २०० रुपैयाँ र विद्यार्थीलाई १५० रुपैयाँ तोकेको छ। नाडाका अनुसार टिकेटिङ पार्टनरमा खल्ती बाई आईएमई पे र हस्पिटालिटी पार्टनरमा किस्ट टिचिङ हस्पिटल रहेका छन्।

नाडा अटो शोमा चार पाङग्रेतर्फ डिपल, अवतार, डोङफेङ नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, आइएडब्लू ब्रम्बी, जेवाई एयर, बिलाभल, एलएस अटो र जिङपेङ गरी १८ वटा ब्रान्डले स्टल राख्ने पक्कापक्की भएको छ भने दुई पाङग्रेतर्फ हिरो, रोयल इन्फिल्ड, जोनसन र यामाहाले स्टल राख्ने भएका छन् । नाडा अटो शोमा ४० वटा स्टल रहनेछन् ।

  :