१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

नाइमा नेपाल मोबिलिटी एक्सपोका लागि स्टल बुकिङ खुला



काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यस वर्ष आयोजना गर्न लागेको दोस्रोे ’नाइमा नेपाल मोबिलिटी एक्सपो’का लागि स्टल बुकिङ खुला गरेको छ ।

यस अटोमोबाइल प्रर्दशनीमा सहभागी हुन चाहने व्यवसायी तथा कम्पनीहरूले आगामी जेठ १९ गतेभित्र स्टल बुकिङका लागि आवेदन दिइसक्नुपर्ने नाइमाले जनाएको छ ।

अटोमोबाइल क्षेत्रको कुम्भ मेला मानिने यो एक्सपो आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको हो । विगतका वर्षहरूमा झैँ यस पटकको संस्करण पनि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा नै आयोजना गरिने भएको छ ।


मेलाले नेपालको अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, सवारी साधन र गतिशीलताका आधुनिक आयामहरूलाई एकै ठाउँमा प्रस्तुत गर्ने अपेक्षा आयोजक संस्थाले गरेको छ ।

  :