काठमाडौं । नाडा अटोमोबाइल्स संघ नेपालले जेठ २२ गते विश्व वातावरण दिवस २०२६ को अवसरमा वातावरणमैत्री सवारी साधन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक काठमाडौंमा गरेको छ ।
कार्यक्रममा विभिन्न ब्रान्डका विद्युतीय सवारी साधनहरूको सहभागिता रहेको थियो । र्याली नाडा सचिवालय टेकुबाट सुरु भई त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली हुँदै कुपण्डोलस्थित द प्लाजामा पुगेर समापन भएको थियो ।
र्यालीमा सहभागी ९२ जनालाई नाडा अटोमोबाइल्स संघ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले सञ्चालन गरेका थिए । र्यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए ।









प्रतिक्रिया