३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

‘नेपालमा ईभीको बजार छिट्टै विस्तार’




काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबार गरेको अटो डायलग २०८१ को पहिलो सेसनमा वक्ताहरुले नेपालमा छिट्टै नै बिद्युतीय सवारी साधनको विस्तार भएको बताएका छन् ।

उनीहरुले अर्थतन्त्रका लागि मोबिलिटी क्षेत्र महत्वपूर्ण रहेको पनि स्पष्ट पारेका छन् । वक्ताहरुले अटो बजार ईभीमा सिफ्ट भैसकेकाले सोही अनुरुप दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

अटोमोबाइल क्षेत्रका लागि दिर्घकालिन नीति’ विषयक शीर्षकमा गरिएको उक्त छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारी , नेपाल बैंकर्स एसोसिएसनमा अध्यष सन्तोष कोइरालाले ‘प्यासेन्जर र प्राइभेट दुबै सेग्मेन्टका सवारीसाधन ईभीमा सिफ्ट हुँदै गएका कारण सोही अनुरुप नेपालले पनि विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताका दक्ष जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

अटो क्षेत्रका लागि दीर्घकालीन नीति, आर्थिक विकासका लागि इनोभेटिभ मोबिलिटी र दीर्घकालीन विकासको लागि मोबिलिटी विषयमा नाडाले उक्त छलफल आयोजना गरेको हो । कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले इनोभेटिभ मोबिलिटीमा निजी क्षेत्रलाई पनि समेट्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरुकै कारण पनि नेपालमा ईभीले छिट्टै बजार विस्तार गर्न सकेको बताए। उनले बाणिज्य बैंकहरुले केही महिनाको अवधिमा मात्र १ खर्व २९ करोड रुपैयाँ अटोमोबाइल क्षेत्रमा लगानी गरेको बताए ।

  :