काठमाडौं– चिनियाँ अटो निर्माता कम्पनी बीवाइडीले आम्दानीमा अमेरिकी कम्पनी टेस्लालाई पछाडि पारेको छ । बीवाइडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलर आम्दानी गर्दै पहिलोपटक टेस्लालाई पछाडि पारेको हो । बीवाईडीले अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत आम्दानी बढाएको हो । यो संख्या टेस्लाको ९७.७ अर्ब वार्षिक आम्दानीभन्दा बढी छ ।
विश्वव्यापी रुपमा इलेक्ट्रीक भेहिलक टेक्नलोजीमा टेस्ला र बीवाइडीलाई मुख्य प्रतिस्पर्धीको रुपमा चिनिन्छ । कम्पनीको खुद नाफा गत वर्ष ३४ प्रतिशतले बढेर ५.५५ अर्ब डलर पुगेको छ । बीवाइडीका अध्यक्ष वाङ चियानफुले बीवाइडी ब्याट्री, इलेक्ट्रोनिक्स, न्यू इनर्जी भेईकल जस्तो सबै सेक्टरमा उछिन्दै विदेशी ब्राण्डहरुको प्रभुत्व तोडेको बताएका छन् ।
गत वर्ष मात्रै बीवाइडीले १७ लाख ६० हजार ब्याट्री इलेक्ट्रिक भेइकल बिक्री गरेको छ । टेस्लाको १७ लाख ९० हजार बिक्री गरेको थियो । सन् २०२५ को पहिलो २ महिनामा बीवाइडीको सवारी ९३ प्रतिशतले बढेर ६ लाख २३ हजार युनिट पुगेको छ ।
प्रतिक्रिया