चैत्र २९, २०८१ शुक्रबार | Fri Apr 11 2025

पोखरामा वाडा अटो शो–२०२५ शुरु



काठमाडौं– नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को संयुक्त आयोजनामा आजदेखि पोखरामा ‘वाडा अटो शो २०२५’ सुरु भएको छ । उक्त अटो शो चैत १७ गतेसम्म हुनेछ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त अटो शोको एक विशेष समारोहका बीच उद्घाटन गरेका हुन् । नगर प्रमुख आचार्यले काठमाडौं वाहिर पनि अटो शो हुन सक्छ भनेर प्रमाणित गर्न सकेकोमा नाडा र वाडालाई बधाई समेत दिए । नाडा अध्यक्ष करण चौधरीले नाडाको पहलमा पहिलो पटक काठमाडौं वाहिर यो स्तरको अटो शो गर्न पाउँदा खुसी लागेको बताए ।

अमरसिंह चौरमा सुरु भएको वाडा अटो शोमा दुईपाँग्रे, चारपाँग्रे, कमर्शियल गरी ३० बढी ब्राण्डको सहभागिता रहेको छ । शोेमा विद्युतीय चारपांग्रेतर्फ बीवाईडी, एक्सपेङ, केई, दिपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटर, एलईभी आदिले स्टल राखेका छन् । त्यसैगरी आईसीईतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निसान, महिन्द्रा लगायतका गाडीहरुको पनि सहभागिता रहेको छ ।

  :