चैत्र २५, २०८१ सोमबार | Mon Apr 7 2025

जेको/ओमोडा ईभी किन्दा ५ लाख १५ हजारसम्म छूट अफर




काठमाडौं– बुधबारदेखि पोखराको अमरसिंह चौरमा शुरु भएको वाडा अटो शो २०२५ मा जेको/ओमोडाका एसयूभी खरिद गर्नेहरूका लागि जेको/ओमोडाको पोखरास्थित आधिकारिक डिलर एलिट मोटर्सले आकर्षक अफरको घोषणा गरेको छ ।

कम्पनीले जेको/ओमोडा कारमा नगद ५ लाख १५ हजार रुपैयाँसम्मको छुट अफर ल्याएको हो । अफर अन्तर्गत
नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, साथै ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी समावेश छन् ।

त्यसैगरी, ग्राहकहरूले निःशुल्क ७ किलोवाट वाल चार्जर पाउने छन् भने एक वर्षको सडक कर कम्पनीले नै तिरिदिने पनि एलिट मोटर्सले जनाएको छ । एलिट मोटर्सले पोखरामा ओमोडा ई ५ र जेको जे ६ अफरोड एसयूभी बिक्री गर्दै आएको छ ।

  :