काठमाडौं– चिनियाँ कम्पनी जिली ग्रुपको प्रिमियम न्यू इनर्जी ब्राण्ड जिकरको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले २० प्रतिशत डाउन पेमेन्टमा नै ‘जिकर एक्स’ एसयूभी किन्न सकिने स्कीम सार्वजनिक गरेको हो । यसका लागि ८.०५ प्रतिशत ब्याजदरमै कर्जा सुविधा पाइने पनि कम्पनीले जनाएको छ ।
जिकर एक्स विभिन्न फिचरहरुले भरिपूर्ण कार हो । साथै, यसको रियर ह्वील ड्राइभमा २०० किलोवाटको इलेक्ट्रिक मोटर छ । जिकर एक्समा ६६ किलोवाट आवर लिथियम आयोन ब्याट्री दिएको छ । यसले ४४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
निकै स्मार्ट हेडरेष्ट, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्ट इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध कारमा दुई कलरमा सजिएको ड्यासबोर्ड पाउन सकिन्छ । कम्पनीले यसको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ।
प्रतिक्रिया