काठमाडौं– चिनियाँ ईभी निर्माता डोङफेङको ब्राण्ड ‘नामी–०६’ यसै बर्षभित्र नेपाल भित्रिने भएको छ । नेपालका लागि डोङफेङको नामी ब्राण्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्स नामी–०६ आगामी भदौमा आयोजना हुने नाडा अटो शोमा राख्ने पनि बताइएको छ । यो ईभी चिनियाँ बजारमा भने छिट्टै नै बिक्री शुरु हुनेछ ।
डोङफेङले नामी–०६ एकैपटक लेफ्ट ह्याण्ड र राइट ह्याण्ड ड्राइभमा लन्च गर्ने तयारी गरेको छ । नामी–०६ एसयूभीको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम, उचाइ १६४५ एमएम तथा २७१५ एमएमको ह्वीलबेस रहेको छ ।
नामी–०६ मा १८४ पीएस पावर भएको १३५ किलोवाटको सिङ्गल मोटर छ । यो इलेक्ट्रीक एसयूभीमा ३ सी अल्ट्रा फास्ट चार्जिङ प्रविधि भएको माक ई ब्याट्री प्याक दिइएको छ ।
प्रतिक्रिया