काठमाडौं–नेपाली बजारमा बीवाईडीले नयाँ वर्षको पहिलो दिन अर्थात बैशाख १ गते १३५ वटा गाडीको बुकिङ लिन सफल भएको छ ।
कम्पनीका अनुसार अघिल्लो वर्षको यसै दिन १३२ युनिट गाडी बुकिङ लिएको कम्पनीले यसवर्ष त्यसमा केही सुधार गर्दै बुकिङ बढाएको हो । नेपाली बजारमा अहिले बीवाईडीका एट्टो३, डल्फिन, एम६, ई६ र लक्जरी सेडान कार सील सहित कुल ५ वटा मोडलका ईभी उपलब्ध छन् ।
यी कारको सुरुवाती मूल्य ४१ लाख १५ हजारदेखि १ करोड ९५ लाख रुपैयाँसम्म छ। यीमध्ये सर्बाधिक बिक्री हुने मोडलमा एट्टो३ र डल्फिन पर्छ ।
प्रतिक्रिया