काठमाडौं–बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बिक्री हुने सबै बीवाईडीमा व्यापक विस्तारित वारेन्टी नीति लागु गरेको छ ।
बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको जनाएको छ। सो वारेन्टी अन्तर्गत ब्याट्री वारेन्टी, मोटर वारेन्टी, होल भेइकल वारेन्टी, जनरल भेइकल पार्ट्स वारेन्टी लगायतका छन् । ब्याट्री वारेन्टी अन्तर्गत पहिले उपलब्ध ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्याइएको छ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो ।
यस्तै ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर मोटर वारेन्टी पु(याइएको छ । यसले ग्राहकहरुमा लामो समय सम्म मानसिक शान्ति सुनिश्चत गर्ने कम्पनीको भनाई छ । होल भेइकल वारेन्टी अन्तर्गत लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर पु(याइएको छ ।
जनरल भेइकल पार्ट्स वारेन्टी अन्तर्गत – अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटर लगायतका विभिन्न पार्ट्स वाहेकका सबै भेइकल पार्ट्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७।५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर पु(याइएको छ ।
ग्राहकलाई एउटा विश्वासको अनुपम भावना र दीर्घकालीन आश्वासन प्रदान गर्ने गरी यसको डिजाइन गरिएको छ, जसले ईभीको अपनत्वलाई एउटा तनावरहित अनुभव प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।
सो नयाँ अपडेटको वारेमा बोल्दै साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले ‘हाम्रो यो एक्सटेन्डेड वारेन्टीले बीवाईडीको अत्याधुनिक विद्युतीय सवारी प्रविधिप्रति हाम्रो दृढ विश्वास र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउने बताए । विद्युतीय सवारीतर्फको रुपान्तरण तीव्र गतिमा अगाडि बढिरहेको समयमा, यो पहलले हाम्रा ग्राहकहरूमाझ दीर्घकालीन विश्वास र निष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौं, श्रेष्ठले भने ।









प्रतिक्रिया