काठमाडौं– महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेट प्रालिले आगामी जेठको पहिलो सातासम्ममा बीई–६ र एक्सईभी–९ई को डेमो युनिट नेपाल भित्र्याउने तयारी गरेको छ ।
महिन्द्राले बीई–६ लाई युवा पुस्ताको चाहनालाई मध्यनजर गरी निर्माण गरेको जनाएको छ । महिन्द्राले यसमा फिनड्रिमले उत्पादन गरेको ब्याट्री प्रयोग गरेको छ । दुई ब्याट्री अप्सनमा उपलब्ध हुने बीई–६ मा ५९ किलोवाट आवर र ७९ किलोवाट आवरको ब्याट्री अप्सन छ ।

एक्सईभी–९ साइजमा भने निकै ठूलो छ । कम्पनीले यसमा पनि ५९ र ७९ किलोवाट आवरको ब्याट्री र १७० र २१० किलोवाटको मोटर अप्सन दिएको छ । एक्सईभी–९ ईलाई महिन्द्राले १७५ किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्नेगरी बजारमा ल्याएको हो ।









प्रतिक्रिया