मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

एमएडब्लु बृद्धिले सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको संख्या १०० नाघ्यो




काठमाडौं– नेपालमा दिपाल, नामी, सेरेस, फोटोन र सोकोन लगायत ब्रान्डका ईभी बिक्री गर्दै आएको एमएडब्लु वृद्धिले सञ्चालनमा ल्याएको ईभी चार्जिङ स्टेशनको संख्या १०० नाघेको छ ।

चार्जिङ स्टेशनको संख्या १०० नाघेको अवसरमा कम्पनीले एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सीसीएस २ टाइप डिसी फास्ट चार्जर नेटवर्कको संख्या १०० नाघेको घोषणा गरिएको थियो । कम्पनीले काठमाडौं, पोखरा, विराटनगर र चितवन जस्ता ठूला शहरदेखी मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता बिकट क्षेत्रहरुमा समेत एमएडब्लु चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ ।

यसबाट ईभी चालकहरूलाई यात्राको आनन्द लिने कुरा सुनिश्चित गरेको कम्पनीले जनाएको छ । यी नेटवर्कमा ४० किलोवाट (१गन) र ६० किलोवाट (२ गन) दुवै चार्जर जडान गरिएको छ ।

कार्यक्रममा आफ्नो विचार ब्यक्त गर्दै एमएडब्लु वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले यो केवल नम्बर मात्र नभएर यसले नेपालको हरित भविष्यप्रतिको हाम्रो प्रतिबद्धतालााई पुरा गरेको बताएका छन् ।

  :