मंसिर १९, २०८२ बिहीबार | Fri Dec 5 2025

जिओ अटोमोबाइल्स र लक्ष्मी इ मोबिलिटीलाई कायीको मस्ट प्रमिसिङ पार्ट्नर अवार्ड




काठमाडौं– चीनको सिचुवानमा अवस्थित यिबिन सहरमा भएको कायी अटो ग्लोबल बिजनेस कन्फेरेन्समा नेपालका जिओ अटोमोबाइल्स र लक्ष्मी इ मोबिलिटीले कायीको ‘मस्ट प्रमिसिङ पार्ट्नर अवार्ड’ जित्न सफल भएका छन् ।

यी दुवै कम्पनीले गत बर्षदेखि कायी ब्राण्ड गाडी बिक्री गर्दै आएका छन् । लक्ष्मी इ मोबिलिटीका प्रमुख निराकर श्रेष्ठ र जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले अवार्ड ग्रहण गरेका थिए।

कार्यक्रममा ४० भन्दा बढी देशका डिलर पार्टनरको सहभागिता रहेको थियो ।

  :