काठमाडौं– हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भरतपुरमा क्रेटा इभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । कम्पनीले आफ्नो आधिकारिक डिलर पिनाकल ट्रेडिङको शोरुममा क्रेटा इभी सार्वजनिक गरेको हो।
क्रेटा इभीले भरतपुरका ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। सार्वजनिक गरिएकै दिन भरतपुरमा ५ वटा क्रेटा इभी ग्राहकलाई हस्तान्तरण गरिएको छ। नयाँ क्रेटा इभीको आगमनले विद्युतीय सवारीसम्बन्धी सोच र शङ्का भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको कम्पनीले जनाएको छ । लक्ष्मी हुन्डाईले इभी इकोसिस्टमलाई पनि अझै मजबूत बनाउन रिल्याक्स चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ, जसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउहरुमा रिल्याक्स डीसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेका छन्।
त्यसैले ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ।









प्रतिक्रिया