काठमाडौं– यही जेठ २ देखि ४ सम्म नेपालले आयोजना गर्न गइरहेको ‘सगरमाथा संवाद’ सहज बनाउन भारतले नेपाललाई १५ युनिट कर्भ ईभी उपहार प्रदान गरेको छ ।
‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने विषयमा काठमाडौंमा हुन लागेको ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको प्रभावकारी आयोजनालाई सहजीकरण गर्न नेपाल सरकारलाई लजिस्टिक सहयोगका लागि भारतका तर्फबाट उपहार स्वरूप कर्भ ईभी प्रदान गरिएको हो ।
ती ईभी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले सोमबार परराष्ट्रमन्त्री डा। आरजु राणालाई हस्तान्तरण गरेका थिए ।
मित्रता र सद्भावनाको एक महत्त्वपूर्ण संकेतका रूपमा ईभी उपहार दिइएको भारतीय दूवातासले जनाएको छ ।
कर्भ ईभी हस्तान्तरण समारोहमा बोल्दै राजदूत श्रीवास्तवले यी सवारीसाधनले संवादको समयमा अतिथि र अधिकारीको आवागमन सहज बनाउन मद्दत गर्ने कुरा उल्लेख गरे ।
सवारीसाधन ग्रहण गर्दै परराष्ट्रमन्त्री राणाले संवाद आयोजनालाई सहजीकरण गर्न भारतले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् ।









प्रतिक्रिया