काठमाडौं– चीनको अटोमेकर सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा उल्लेखनीय उपलब्धि हासिल गर्दै २४१ प्रतिशत नाफा बढाई १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ । यो उल्लेखनीय उपलब्धिले सेरेसलाई चीनका धेरै नाफा कमाउने केहीमध्ये एक इनोभेटिभ अटोमेकर कम्पनीका रुपमा उभ्याएको छ ।
कम्पनीको बिक्री रेभेन्यू पनि पहिलो त्रैमासिकमा ३ अर्ब अमेरिकी डलर नाघेको उल्लेख छ । सेरेसको आय विवरण सार्वजनिक भएपछि सेयर मूल्य ३ प्रतिशतले बढेको छ । जसले लगानीकर्ताहरूको कम्पनीप्रतिको विश्वास झल्काउने कम्पनीले जनाएको छ । यसको मुख्य श्रेय उच्च मागमा रहेका नवीन र ऊर्जा–कुशल सवारीसाधनहरूलाई दिइएको छ ।
नवप्रवर्तन, दिगोपन र ग्राहककेन्द्रित डिजाइनमा केन्द्रित सेरेसले स्मार्ट मोबिलिटी समाधानमार्फत विश्वव्यापी वातावरणीय लक्ष्यहरूमा योगदान पुर्याइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले भविष्यमा अझ लामो रेन्ज, उत्कृष्ट पर्फर्मेन्स र स्मार्ट फिचरसहित नयाँ मोडेलहरू ल्याउने तयारी गरिरहेको जनाएको छ । सेरेस ग्रुपले आफ्नो विश्वव्यापी विस्तार रणनीति अन्तर्गत सन् २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडेल ल्याउने घोषणा पनि गरिसकेको छ ।
सेरेस थ्री मोडेलले हालै इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्डहरू जित्दै आफ्नो नवप्रवर्तन क्षमता र उत्कृष्टता पुनः प्रमाणित गरेको छ ।









प्रतिक्रिया