काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्व वातावरण दिवस २०२५ को अवसरमा टाटा कर्भ ईभीमा काठमाडौँदेखि कन्याकुमारीसम्मको ऐतिहासिक विद्युतीय यात्रा सञ्चालन गरेको छ ।
जस अन्तर्गत टाटा कर्भ इभीमा दुईजना युवा काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको यात्रामा निस्किएका छन्। “के टू के ड्राइभ” नामक यो अभियान बिहिबारदेखि सुरु भएको र यसले विद्युतीय गाडीमा लामो दूरीको यात्रालाई प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ।

कन्याकुमारीसम्मको यात्रामा बैंकर विजय राम कशजु र आवाशिस ओझा रहेका छन्। कन्याकुमारी पुगेर उनीहरु फेरि काठमाडौं फर्कनेछन्। यो यात्रा लगभग १५ दिनको हुने कम्पनीले जनाएको छ ।
नेपालमा हालै सार्वजनिक भएको टाटा कर्भ ईभी एक अत्याधुनिक इलेक्ट्रिक एसयूभी कुपे हो। यसमा लेभल–२ एडीएएस, प्यानोरामिक सनरुफ, भी२एल टेक्नोलोजी लगायत उच्चस्तरीय सुरक्षा र सुविधा छन्।









प्रतिक्रिया