१० असार २०८३, बुधबार | Wed Jun 24 2026

टाटा कर्भ ईभीमा दुई युवा काठमाडौंदेखि कन्याकुमारीसम्मको यात्रामा




काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्व वातावरण दिवस २०२५ को अवसरमा टाटा कर्भ ईभीमा काठमाडौँदेखि कन्याकुमारीसम्मको ऐतिहासिक विद्युतीय यात्रा सञ्चालन गरेको छ ।

जस अन्तर्गत टाटा कर्भ इभीमा दुईजना युवा काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको यात्रामा निस्किएका छन्। “के टू के ड्राइभ” नामक यो अभियान बिहिबारदेखि सुरु भएको र यसले विद्युतीय गाडीमा लामो दूरीको यात्रालाई प्रोत्साहन गर्ने कम्पनीको विश्‍वास छ।

कन्याकुमारीसम्मको यात्रामा बैंकर विजय राम कशजु र आवाशिस ओझा रहेका छन्। कन्याकुमारी पुगेर उनीहरु फेरि काठमाडौं फर्कनेछन्। यो यात्रा लगभग १५ दिनको हुने कम्पनीले जनाएको छ ।

नेपालमा हालै सार्वजनिक भएको टाटा कर्भ ईभी एक अत्याधुनिक इलेक्ट्रिक एसयूभी कुपे हो। यसमा लेभल–२ एडीएएस, प्यानोरामिक सनरुफ, भी२एल टेक्नोलोजी लगायत उच्चस्तरीय सुरक्षा र सुविधा छन्।

  :