काठमाडौं– एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यही असार १८ गते बुधबार एमजी विन्डसर ईभी नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
विन्डसर जेएसडब्लू एमजीले भारतमा उत्पादन गरेको दोस्रो ईभी मोडल हो । भारतमा उत्पादन भएको कोमेट मिनी ईभी यस अघिदेखि नै नेपालमा बिक्री हुँदै आएको छ ।
विन्डसर ईभी एक्सक्लूसिप र इसेन्स गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । साथै, यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ भने यसको पीकटर्क २०० एनएम छ । सिंगल चार्जमा ३३१ किलोमिटर गुडाउन सकिने कम्पनीको भनाई छ । नयाँ विन्डसरमा निकै ठूलो पानारोमिक ग्लास रुफ दिइएको छ ।









प्रतिक्रिया