काठमाडौं । भारतीय गाडी उत्पादक कम्पनी टाटा मोटर्सको पञ्च ईभी नेपाली बजारमा निकै लोकप्रिय ईभी बनेको छ । हालसम्म नेपालभर यो ईभी १ हजार २ सयभन्दा बढी बिक्री भईसकेको बताइएको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार पञ्च ईभी नेपाली बजारमा प्लस एस एमआर, एलआई र प्लस एलआर गरी तीन भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार प्लस एस एमआरको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ, पन्च ईभी इम्पावर्ड एलआईको मूल्य ३७ लाख ९९ हजार र पञ्च ईभी इम्पावर्ड प्लस एलआरको मूल्य ३९ लाख ९९ हजार छ ।
कम्पनीले अफर अन्तर्गत ग्राहकहरूलाई एक पन्च ईभीमा १ लाख रुपैयाँसम्मको नगद छुट समेत दिने गरेको छ । पञ्च ईभीले भारत एनक्यापबाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यो ईभी थुप्रै फिचरहरुले सुसञ्जित पनि छ ।
६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम (इएसपी), हिल होल्ड कन्ट्रोल, ३६०–डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ र इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायतका फिचरहरु यसमा उपलब्ध छन् ।









प्रतिक्रिया