मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

एवोन ईभी किन्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने




काठमाडौं– एवोन ईभीको आधिकारिक वितरक सीजी मोटर्सले द एक्स्ट्राअर्डिनरी अफर ल्याएको छ। कम्पनीका अनुसार सीमित अवधिका लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरूले एवोन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।


प्रिमियम इलेक्ट्रिक गाडीहरूलाई अझ सुलभ बनाउनुका साथै नेपालको स्वच्छ र दिगो भविष्य निर्माणतर्फको एवोनको दृष्टिकोणलाई सुदृढ गर्नु यो अफरको उद्देश्य रहेको छ । कम्पनीका अनुसार अफर अन्तर्गत मूल्य छुटको अतिरिक्त ग्राहकहरूले अन्य थप सुविधा पनि प्राप्त गर्नेछन्।

अफर अन्तर्गत ग्राहकहरूले ६.६४ प्रतिशतको न्यूनतम ब्याजदरमा ऋण सुविधा, ४८ कार्य घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न, र ७ वर्षसम्मको ऋण अवधि पाउनेछन्। साथै, प्रत्येक खरिदमा ६।.६ किलोवाटको होम चार्जर र ३.३ किलोवाटको ट्राभल चार्जर, एक वर्षको सवारी कर र बीमा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ।

साथसाथै, आकर्षक एक्सचेन्ज बोनस र ब्ल्याक एन्ड डेक्केर ब्रान्डको भ्याकुम क्लिनर तथा कार वासर पनि उपहार स्वरूप प्रदान गरिने पनि कम्पनीले जनाएको छ।

  :