मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

साउन २१ गतेदेखि हुने नाइमा एक्स्पोमा टोयोटा मेगा अफर




काठमाडौं । नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि विशेष ‘टोयोटा मेगा अफर’ ल्याएको छ ।

यही साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्स्पोमा टोयोटाको तीन मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक , ल्याण्ड क्रुजर २५० प्रदर्शनमा राखिने कम्पनीले जनाएको छ । उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिङ गर्ने प्रत्येक ग्राहकले ’मेगा डिस्काउन्ट’ , ’प्ल्याटिनम कार्ड’ साथै एक्स्पोमा बुकिङ गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा ड्रप सुविधा पाउने कम्पनीले जनाएको छ ।

स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिङ गर्ने ग्राहकहरुको लागि मात्रै उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।

  :