काठमाडौं– लक्जरी र एक्सक्लुसिभ गरी दुई भेरिएन्टमा नयाँ ईभी ब्राण्ड फरथिङ फ्राइडे आजदेखि भृकुटीमण्डपमा शुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको छ ।
सो ईभीको मूल्य क्रमशः ४८ लाख ९६ हजार र ५४ लाख ९६ हजापैयाँ तोकिएको छ । फरथिङको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इ मोबिलिटीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सो गाडी सार्वजनिक गरेको हो।
फरथिङ फ्राइडेमा ६४.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ , ब्याट्रीले फुल चार्ज रेन्ज ४०० किलोमिटर दिने कम्पनीले जनाएको छ। यसमा ९९ किलोवाट क्षमताको मोटर पावर छ। यसले २०१ ब्रेक हर्स पावर बराबरको पावर र यस्तै ३४० एनएम टर्क उत्पादन गर्छ।









प्रतिक्रिया