मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

पोखराको बुद्धचोकमा नयाँ बीवाईडी सोरूम




काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पोखराको बुद्धचोकमा नयाँ बीवाईडी सोरूम सञ्चालन गर्नुका साथै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ पनि सार्वजनिक गरेको छ ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शोरुमको उद्घाटन गर्दै सन् एसियाली विकास बैंकको सहयोगमा पोखरालाई आगामी पाँच वर्षभित्र ई–मोबिलिटी सहर बनाउने योजना रहेको बताए ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार कुल १२ हजार ८ सय ४५ वर्ग फिट क्षेत्रमा फैलिएको नयाँ सोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी÷भिजुअल आइडेन्टिटी मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको बताए । सोरूमको ठीक पछाडि निर्माण भइरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने पनि उनले बताए ।

उनले बीवाईडी सिलायन ७ ले हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने हाम्रो मिसनको प्रतिनिधित्व गर्ने पनि बताए । प्रालिका सेल्स प्रमुख आशुतोष गौतमले देशभर बीवाईडीको १३ सर्भिस सेन्टर र ५५ फास्ट चार्जिङ स्टेसन रहेको र नेपालको सडकमा ७ हजारभन्दा बढी बीवाईडीका गाडी गुडेको जानकारी दिए ।

  :