काठमाडौं–नेपालका लागि सेरेसको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ को अवसरमा ‘थ्री एक्स’ अफर घोषणा गरेको छ ।
कम्पनीका अनुसार थ्री एक्स अफर अन्तर्गत ग्राहकहरुले ३ वर्षको सम्पूर्ण बीमा कभरेज, ३ गुणासम्मको नगद छुट र बुकिङ रकमको ३ गुणा बराबरको फाइदा पाउने छन् । कम्पनीका अनुसार यस अफरमार्फत ग्राहकहरुले अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ पाउने छन् ।
यो अफर नाडा अटो शो भरी मात्रै लागू हुने छ । नेपाली बजारमा आएको छोटो समयमा नै सफलता पाएको सेरेस थ्रीमा ५२.७ किलोवाट आवर क्षमताको ब्याट्री, ९९ किलोवाटको मोटर छ ।







प्रतिक्रिया