मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नाडा अटो शोमा स्काईवेलका १३१ ईभी बुकिङ




काठमाडौं – भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको नाडा अटो शो २०२५ मा स्काईवेल ईभी १३१ युनिट बुकिङ भएको स्काईवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले जनाएको छ ।

धेरै रेन्ज र फिचरमा उपलब्ध स्काईवेल ईभी यति धेरै संख्यामा बुकिङ भएको अवसरमा कम्पनीले खुसीयाली समेत मनाएको छ ।

नाडा अटो शो २०२५ को अवसरमा स्काईवेल ईभीमा जी मोटर्सले ग्रान्ड स्किम लन्च गर्दै अटो शोमा स्काईवेल ईभी बुकिङ गर्ने ग्राहकको एक जोडी र दुई बालबालिकाका लागि युरोप टुरको अफर समेत ल्याएको थियो । त्यसैगरी प्रत्येक बुकिङ वापत डायमन्ड नेकलेस पाइने छ भने एक जना लक्की ग्राहकले रोलेक्स घडी पाउने छन् । स्काईवेलसँग पुरानो गाडी साट्न चाहने ग्राहकका लागि समेत स्पेसल एक्सचेन्ज बोनस ल्याएको थियो ।

नेपाली बजारमा उपलब्ध स्काईवेलको ईटी ५ लङ रेन्ज भेरियन्ट हो, जसको विक्री मूल्य १ करोड १५ लाख रुपैयाँ तोकिएको छ । यसैगरी, बीई११ को मूल्य ७९ लाख ९० हजार र ८९लाख ९० हजार निर्धारण गरिएको छ ।

  :