मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

चर्चित मोडल जोशी एमजी–५ ईभीको ब्राण्ड एम्बेसडर



काठमाडौं–एमजी को नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले मिस नेपाल वल्र्ड २०२२ र चर्चित मोडल प्रियंका रानी जोशीलाई एमजी एस५ ईभीको ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।

यस सम्झौतासम्बन्धी हस्ताक्षर हालै प्यारामाउन्ट मोटर्सको काठमाडौंस्थित शोरुममा सम्पन्न भएको हो । यो साझेदारी दुई वर्षका लागि हुने कम्पनीले जनाएको छ। यस साझेदारीमार्फत, प्रियंका नेपालमा एमजी एस५ ईभीको फेस बन्नेछिन् र आगामी दुई वर्षसम्म यसका स्टाइल र इनोभेशनलाई प्रस्तुत गर्नेछिन् ।

साझेदारीको घोषणा गर्दै, प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले भने–प्रियंकाले आत्मविश्वास, शालीनता र आधुनिक गतिशीलताको प्रतिनिधित्व गर्नुहुन्छ । यी गुणहरू एमजी एस५ ईभी र एमजी ब्रान्डसँग पूर्ण रूपमा मेल खान्छन् । हामी उहाँलाई एमजी परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौं र सँगै नयाँ दर्शकहरूसम्म पुग्ने अपेक्षा राख्छौं ।

एमजीसँग विशेषतः एमजी एस५ इभीसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु । एमजी इनोभेशन, पर्फर्मेन्स र सफिस्टिकेशनको प्रतीक हो । प्यारामाउन्ट मोटर्स र एमजीसँगको यो रोमाञ्चक यात्राको लागि मा उत्साहित छु– प्रियंकाले भनिन् ।

Sent 1m ago

Write to

  :