मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नेपालमा हुन्डाई क्रेटाको १० बर्षे यात्रा पुरा




काठमाडौं–नेपालमा हुन्डाई क्रेटाले १० बर्षको यात्रा पुरा गरेको छ । हुन्डाईका गाडीहरूको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाएको छ।


क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ।

क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट पर्फमेन्स मार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ। वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन्, जसले हरेक चोटि पर्फमेन्स तथा स्टाइलमा नयाँ मापदण्ड स्थापना गरेको छ।

क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरणमैत्री यात्रालाई एकसाथ अगाडि बढाएको छ। अहिले सम्मको यात्रामा, क्रेटाले नेपालका सडकहरूमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ।

हुन्डाई नेपालले यो महत्वपूर्ण साथका लागि सबैप्रति हार्दिक आभार समेत प्रकट गरेको छ ।

  :