२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा डिसेम्बरमा बजारमा आउने



काठमाडौं–मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई–भिटारा’ चाँडै नै बजारमा ल्याउने तयारी गरेको छ। डिसेम्बर २०२५ सम्ममा यो ईभी बजारमा ल्याउने तयारी कम्पनीले गरेको हो ।

कम्पनीले ई–भिटाराको उत्पादन सन् २०२५ को अगष्टबाट नै गरेको हो र हाल झण्डै ३ हजार युनिट युरोपेली देशहरुमा पठाईसकेको छ । कम्पनीले यो ईभीलाई विश्वका १ सयभन्दा बढी देशमा निर्यात गर्ने योजना बनाएको छ । कम्पनीले यो ईभीलाई यसअघि इन्डिया मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा सार्वजनिक गरेको थियो ।

कम्पनीले चीनको बीवाईडी कम्पनीबाट आपूर्ति गरिएका ४८.८ किलोवाट क्षमताको र ६१.१ किलोवाट क्षमताको दुई एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ । ई–भिटारा डेल्टा, जेटा र अल्फा गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । नेपालमा पनि नाडा अटो शो २०२५ मा यो ईभी प्रदर्शन गरिएको थियो ।

  :