काठमाडौं । वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ द आर्ट सोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धिले आगामी असोज ३० गतेदेखि ४ दिने टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प आयोजना गरिने भएको छ ।
एक्सचेन्ज क्याम्पमा ग्राहकले दीपल र अवतारका लक्जरियस ईभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न पाउने कम्पनीले जनाएको छ ।
यस कार्यक्रमको मुख्य आकर्षण आईएफ डिजाइन अवार्ड विजेता ‘दिपल एस०५’ हुनेछ, जुन नाडा अटो शोमा शो स्टपरको रूपमा परिचित भएको थियो । यो मोडेलमा रिमोट इन एन्ड आउट पार्किङ, क्विन कोपाइलट सि, र ५ हजारभन्दा बढी चार्ज साइकलसहितको गोल्डेन शिल्ड ब्याट्री जस्ता अत्याधुनिक प्रविधिहरू समावेश छन् । नेपालमा सार्वजनिक भएको दुई महिनामै एस०५ देशकै चर्चित ईभी मोडेल बन्न सफल भएको छ ।
कार्यक्रममा दिपल एस०७ आईसीएस, दिपल ई०७, दिपल एल०७, र अल्ट्रा–प्रिमियम इन्टेलिजेन्ट एसयुभी अवतार ११ पनि प्रदर्शनमा राखिनेछन् ।
यसै अवसरमा सहभागीहरूले मानवाकृत रोबोट र कुकुर रोबोटसँग अन्तरक्रिया गर्ने अनौठो अनुभव पनि लिन सक्नेछन्, जुन मधेश प्रदेशमा पहिलोपटक हुन लागेको हो ।
कम्पनीका अनुसार चारदिनसम्म चल्ने यो कार्यक्रममा सहभागीहरूले सर्वोत्तम एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, निःशुल्क सडक कर र बीमा, निशुल्क वाल र ट्राभल चार्जर, साथै निःशुल्क एसेसोरिजको सुविधा पनि पाउने छन् ।
एमएडब्लु वृद्धिले यो अवसरलाई वीरगञ्ज, जनकपुर, हेटौंडा र आसपासका ग्राहकका लागि फ्युचरिस्टिक तथा टेक्नोलोजिकली एड्भान्स्ड ईभीमा अपग्रेड हुने उत्कृष्ट मौकाका रूपमा प्रस्तुत गरेको छ ।









प्रतिक्रिया