काठमाडौं। एक्सपेङ ईभीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले ‘एक्सपेङ एक्सपेरियन्स – अपग्रेड टू एक्सिलेन्स’ नामक विशेष एक्सचेञ्ज अफर ल्याएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरुलाई अत्याधुनिक एक्सपेङ इभीमा सहज र लाभदायक रूपले अपग्रेड गर्ने विशेष एक्सचेन्ज क्याम्प अफर उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो सवारीसाधन एक्सचेन्ज गरी एक्सपेङ जी६ मा अपग्रेड गर्ने अवसर पाउनेछन्। एक्सपेङ जी६ ४४० एनएम टर्क, एडभान्स्ड अटो–पाइलट तथा अटो–पार्किङ प्रणाली, ५ स्टार युरो एनक्याप सुरक्षा रेटिङ र ५०स्५० वेट(डिस्ट्रिब्युसन जस्ता उत्कृष्ट विशेषताले सुसज्जित नयाँ पुस्ताको प्रिमियम इलेक्ट्रिक एसयूभी हो।
ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै अफरमा ६.३ प्रतिशत आकर्षक ब्याजदर, विशेष क्यास लाभहरू, १ वर्षको इन्स्योरेन्स (अटोप्लस), १ वर्षको रोड(ट्याक्स, प्रिमियम एसेसोरिज, ६.६ किलोवाट वाल(माउन्ट चार्जर, ३.३ किलोवाट ट्राभल चार्जरका साथै ब्ल्याक(डेकर कार वासर तथा भ्याकुम क्लिनर समावेश गरिएको छ कम्पनीले जानकारी दिएको छ।







प्रतिक्रिया