मंसिर १९, २०८२ बिहीबार | Thu Dec 4 2025

३ जनाले गर्दैछन् हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी यात्रा



काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंदेखि कन्याकुमारीसम्म यात्रा आयोजना गरेको छ । यो यात्रामा हुन्डाई टक्सन प्रयोग भएको छ ।

सो टोलीमा अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसजू र हाल अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेल छन् । १३ दिने यात्रा मंसिर १७ गते सुरु भई मंसिर २९ काठमाडौंमा आएर सकिनेछ ।

यस अवधिमा करिब आठ हजार किलोमिटर दूरी पार गरिनेछ । जसमा दैनिक आठदेखि १९ घण्टासम्मको लामो यात्रा समावेश छ । हुन्डाई टक्सन लामो दूरीको यात्रा क्षमता र आरामका लागि प्रसिद्ध एक प्रिमियम एसयूभी मानिन्छ ।

  :