मंसिर २७, २०८२ शुक्रबार | Fri Dec 12 2025

चांगानद्वारा ४१ बर्षमा ३ करोड युनिट कार उत्पादन



काठमाडौं । चीनको ठूलो कार निर्माता कम्पनी चांगानले ४१ बर्षमा ३ करोड युनिट कार उत्पादन पुरा गरेको छ । कम्पनीले अबतार १२ मोडललाई तीन करोडौं युनिटको रुपमा उत्पादन गरेको हो । चांगानले ४ बर्षमा एक करोड युनिट पुरा गरेको छ ।

चांगानले आफ्नो तीन करोड युनिटको रुपमा उत्पादन गरेको अबतार १२ निकै प्रिमियम क्रसओभर मोडल हो । यसमा ४ वटा लाइडार सेन्सर प्रयोग गरिएको छ । अबतार १२ मोडलमा ३ वटा लङ रेन्ज युनिट र एउटा हाइ प्रिसिजन सोलिड स्टेट लाइडार प्रयोग भएको छ ।

चांगानको विश्वभर ११ हजार ६३२ सेल्स च्यानल रहेको छ । कम्पनीले बिजनेश स्कोप बढाउन ह्युमनोइड रोबोर्टको मास प्रोडक्सन २०२८ बाट सुरु गर्दैछ । साथै, एयरट्याक्सी सर्भिस पनि सन् २०३० बाट सुरु गर्दैछ ।

कम्पनीले चांगान, दीपल, नेभो र अबतार ब्राण्डका भेहिकलहरु उत्पादन गरिरहेको छ । चांगान अटोमोवाइलले गत नोभेम्बरमा २ लाख ८४ हजार १९७ युनिट कार बिक्री गरेको थियो ।

  :