काठमाडौं– आयोनको आयोन भी ईभीले यूरो एएनक्याप टेस्ट २०२५ मा सर्वोच्च ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यो मान्यताले आयोनको उच्च स्तरको सुरक्षा पनि प्रदान गर्ने गाडीहरू निर्माण गर्ने प्रतिबद्धतालाई दर्शाएको कम्पनीले जनाएको छ। यस अघि आयोन भीले युरो एनक्याप टेस्ट २०२५ मा पनि ५ तारे सुरक्षा रेटिङ प्राप्त गरेको छ।
आयोन भीमा उन्नत बडी स्ट्रक्चर, मल्टी(सेन्सर कोलिजन डिटेक्सन, र एआई(संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू रहेको र यसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्ने कम्पनीले जनाएको छ।
आयोनको नेपालमा सीजी मोटर्स आधिकारिक विक्रेताको रुपमा रहेको छ । सिजी मोटर्सले नेपाली ग्राहकहरूलाई आयोन भी र आयोन वाई जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू बिक्री गर्दै आएको छ।








प्रतिक्रिया